असली नेपाली ३ मुखी रुद्राक्षको खुल्ला दाना — सिधै किसानबाट, इन्डोनेसियाको होइन। मुखी (रेखा) सफा र गहिरो, दाना ठूलो र गह्रौं। मान्यता अनुसार ३ मुखी आत्मविश्वास र विगतको बोझबाट मुक्तिसँग सम्बन्धित छ। दाना मात्र — क्याप वा डोरी छैन। सामान बुझेपछि मात्र पैसा, नेपालभरि निःशुल्क डेलिभरी।